ताजा खबर

बोका जुनियर्सलाई हराउँदै रिभर प्लेटले उचाल्यो कोपा लिबर्टाडोरेसको उपाधि

RadioTaplajung

मंसिर २४ गते । दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा लिबर्टाडोरेसको उपाधि रिभर प्लेटले जितेको छ । समर्थकको आक्रमणका कारण घरेलु मैदानमा स्थगित भएर मड्रिडमा खेलिरहेको फाइनल खेलको दोस्रो लेगमा रिभर प्लेटले बोका जुनियर्सलाई समग्रमा पाँच तीन गोलले हराउदै उपाधि उचाल्यो ।

अमेरीकी फुटबल इतिहासकै सबै भन्दा ठूलो फाइनल खेलका रुपमा लिइएको कोपा लिबर्टाडोरेसको दोस्रो लेगमा रिभर प्लेटले बोका जुनियर्सलाई तीन एकले हरायो । पहिलो लेग दुई दुई गोलको बराबरी भएको खेलको दोस्रो लेगमा बोका जुनियर्स १० खेलाडीमा झरेको थियो ।

कडा सुुरक्षाकाबीच भएको निकै रोमाञ्चक फाइनल खेलको दोस्रो लेगको ४४ औं मिनेटमा बोका जुनियर्सले बेनेटेडोको गोलमार्फत खेलमा अग्रता बनायो । एक गोलले पछि परेको रिभर प्लेटले ६८ औं मिनेटमा प्राटोको गोल मार्फत खेल एक एक को अवस्थामा पुर्‍याए ।

निर्धारीत ९० मिनेट एक एक गोलको बराबरीमा सकिएपछि थपिएको आधा घण्टामा रिभर प्लेटले दुई गोल गर्‍यो । खेलको ९२ औं मिनेटमा बोका जुनियर्सका बारीअस रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । जसका फाइदा रिभर प्लेटले निकै राम्रोसँग लिन सफल भयो ।

 एक सय नौ मिनेटमा क्विन्टेरोले गोल गर्दै खेल दुई एकको अवस्थामा पुर्याए । त्यसपछि एक सय २० औं मिनेटमा मार्टिनेजको उत्कृष्ट गोलमार्फत रिभर प्लेटले एकगोलले पछि परेको खेलललाई उल्ट्याउदै उपाधि उचाल्न सफल भए ।
 
फाइनल खेल हेर्नका लागि अर्जेन्टिनाको राजधानी बुयनस आयसमा हजारौँ समर्थकको भिड लागेको थियो । यसअघि अर्जेन्टिनामा नै हुने भनिएको दोस्रो लेगमा समर्थकले टिमको बसमा आक्रमण गरेपछि अन्तिम समयमा स्थगित भएको थियो । जसका कारण रियल मड्रिडको मैदानमा सारिएको थियो । खेलका दौरान २४ सय सुरक्षाकर्मी मैदानमा खटाइएको थियो । उज्यालो

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा