ताजा खबर

निर्मलालाई न्यायका लागि प्रदर्शन

RadioTaplajung

निर्मलालाई न्यायका लागि प्रदर्शन
मंसिर १६ गते । निर्मलाका लागि न्याय भन्दै राजधानीको माईतीघर मण्डलामा शनिबार प्रर्दशन भएको छ । निर्मलाको लागि न्याय का पोष्टर सहित शनिबार माईतीघर मण्डलामा भेला भएका युवाहरुले घटनाका दोषिलाई नियन्त्रणमा लिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग पनि गरे। उनीहरुले ‘निर्मलाहरुलाई न्याय दे’, ‘असक्षम गृहमन्त्री राजीनामा दे’, ‘प्रहरी पनि बिकेछन् नेता बाट सिकेछन्’ भन्ने नारा लगाएका थिए।
युवाहरुले नयाँ वानेश्वरसम्म नाराबाजी सहितको र्याली गरेका थिए। नागरिक समाजको अगुवाइमा भएको विरोध प्रर्दशन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।
विभिन्न छानविन समिति गठन भएपनि घटनाको चार महिना वितिसक्दा पनि निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषिलाई सरकारले अझै पत्ता लगाउन सकेको छैन। कञ्चनपुरको महेन्द्रनगरमा साउनको दोस्रो साता भएको निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारको उदासिनतालाई लिएर पोस्टरसहित युवायुवतीहरुले विरोध प्रर्दशन गरेका हुन् ।
निर्मला हत्याकान्डको दोषी पत्ता लगाउन विभिन्न समिति गठन गरिएपनि अझैसम्म दोषी पत्ता लाग्न सकेको छैन।
हत्याकान्डको छानबिनमा लापरबाही गरेको भन्दै कन्चनपुरका तत्कालीन उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरिएको छ भने अन्य ६ जना प्रहरी निलम्बनमा परेका छन्।
गत साउन १० गते साथीको घरमा पढ्न गएकी निर्मला दोस्रो दिन स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्।
छोरीको हत्याराहरुलाई कानुनी कारबाहीको माग गर्दै केहि समय अघि धर्नामा बसेका उनका बाबु पनि मानसिक रुपमा अस्वस्थ भएपछि उनलाई राजधानीमा उपचारका लागि ल्याइएको छ। कारोवार

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले