जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमण्डको विजयी यात्रा कायमै

SITENAME

जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमण्डको विजयी यात्रा कायमै
 मंसिर १६ गते ।  जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमण्डले विजयी यात्रा कायमै राखेको छ । लिगमा १२ खेल खेलेको डर्टमण्डले ९ मा जित तथा ३ खेलमा बराबरी गर्दै ३० अंकका साथ शीर्ष स्थानमा राख्न सफल भएको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले फेरिबर्गमाथि २–० को जित निकालेको हो ।
मार्को रेयुसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको डर्टमण्डले दोस्रो हाफको अन्त्यतिर अर्को गोल गरेको थियो । उसका लागि फ्रान्स्किो एलसेयरले गोल गर्दै जित सुनिश्चित गरेका थिए । बुन्डेस लिगा अन्तर्गत शनिबार राति भएका खेलमा बायर्न म्युनिखले वेरडेर बरमेनमाथि २–१ को जित निकालेको थियो । बायर्नको जितमा सर्जे गेनबेरले २ गोल गरेका थिए । उनले २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा योया ओसाकाले गोल गर्दै बरमेनलाई खेलमा फर्काएका थिए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलको दोस्रो हाफमा बायनले १ गोल थप्दै जित सुनिश्चित गरेको हो । ५० औं मिनेटमा गेनबेरले गोल गरेका थिए । त्यसपछि दुबै पक्षबाट थप गोल नभएपछि बायर्न स्पष्ट तीन अंक जोड्दै तालिकामा २४ अंकका साथ तेस्रो स्थानमा पुग्न सफल भयो ।
उता स्पेनिस ला लिगा फुटबलमा सेल्टा डी भिगोले हुएस्कामाथि २–० को जित निकालेको छ ।

शनिबार राति भिगोले घरेलु मैदानमा जित निकाल्दै तालिकामा १७ अंक पुर्याएको छ । ११ औं स्थानमा रहेको भिगोकोका जितमा इगो आसपासले दुबै गोल गरेका थिए । ३८औं मिनेटमा हुगो मालोले दिएको पासमा इगो आसपासले गोल गर्दै अग्रता दिलाएका थिए । ७७औं मिनेटमा एन्ड्रयूको सहयोगमा आसपासलेनै गोल थपेका थिए । त्यसपछि थप गोल नभए पछि सेल्टा डी भिगो विजयी भएको थियो ।

उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

डीपीएल : रुपन्देही च्यालेञ्जर्सको लगातार दोस्रो जित, विराटनगर किंग्स ५ विकेटले पराजित

माघ २९ गते । धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेञ्जर्सले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई ५ विकेटले

फुटबलका नवयुग र जुडोकी देविका वर्ष उत्कृष्ट खेलाडी

माघ २८ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देविका खड्का झापा स्पोर्टस् अवार्ड २०७४ बर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्

SITENAME

बराबरीमा रोकियो बार्सिलोना, सिटीसँग चेल्सीको लज्जास्पद हार,युभेन्टसको सहज जित

माघ २८ गते ।  स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले एथ्लेटिक क्लबसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ । यो बराबरीले बार्सिलोनाले रियलसँगको