ताजा खबर

पूर्वीपहाडमा यातायात समस्या

RadioTaplajung

 

भगीरथ भण्डारी,इलाम। सरकारले चलिरहेका सवारीसाधनमा २० वर्ष पुराना सवारी सञ्चालनमा रोक लगाउन थालेपछि पहाडी क्षेत्रमा यातायात समस्या देखिन थालेको छ । इलामको महŒवपूर्ण पर्यटकीय गन्तव्य सन्दकपुर पुग्नका लागि ल्यान्डरोभरबाहेक अरूको विकल्प छैन ।

छिटफुटबाहेक अन्य ल्यान्डरोभरबाहेक अन्य सवारी सन्दकपुरमा पुग्दैनन् । तर, नेपालमा ल्यान्डरोभर गुड्न नपाउँदा भारतीयले त्यसको फाइदा उठाउँदै आएका छन् । नेपालमा प्रतिबन्ध हुँदा भारतमा एसोसिएसन बनाएर त्यसको संरक्षण गरिएको छ । माने भञ्ज्याङदेखि सन्दकपुर र माथिल्लो क्षेत्र जान अन्य सवारी पाइँदैन । नेपालमा प्रतिबन्ध लागेपछि पर्यटकहरू भारतीय ल्यान्डरोभरको भरमा नेपालको भूमि सन्दकपुर पुग्ने गरेका छन् ।

इलाममा ६० वटाको हाराहारीमा ल्यान्डरोभर छन् । ल्यान्डरोभर थन्किएपछि मजदुरहरू बेरोजगार भएका पूर्वेली जिप तथा ट्याक्सी प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताए । उनले गाडीलाई उमेरको हदबन्दी लगाउनुभन्दा  गाडीको कन्डिसन र पोलुसन चेक गरेर चलाउन दिनुपर्ने बताए ।

सवारीसाधनमा उमेर हद लगाउने हो भने एक समयावधिपछि गाडीको मर्मत नगर्ने परिपाटीले झन् दुर्घटनाको जोखिम निम्त्याउन सक्ने उनको भनाइ छ ।

पूर्वीपहाडका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, खोटाङलगायत पहाडी जिल्लामा २५० भन्दा बढी ल्यान्डरोभर गाडी सञ्चालनमा छन् । २० वर्षभन्दा पुराना गाडीलाई प्रदूषण ल्याएको भन्दै प्रतिबन्ध लगाउँदा ल्यान्डरोभरलाई समेत गुड्न प्रतिबन्ध लगाएपछि समस्या भएको  हो । ‘अन्य गाडी नपुग्ने ठाउँमा  ल्यान्डरोभर मात्र पुग्थ्यो, त्यो पनि बन्द भएपछि अहिले पहाडी क्षेत्रमा समस्या भएको स्थानीय बताउँछन् ।

धनकुटामा मात्रै ४४ वटा ल्यान्डरोभरले हिलेबाट सनबालुवा, अधेरी घाँट, संखुवासभाको चेवाबेसी, चानवा र सगरमाथा यात्राको अन्तिम बिन्दुसम्म ल्यान्डरोभरले सेवा दिँदै आएको थियो । ती सडकखण्डमा अहिले आक्कलझुक्कलबाहेक सवारी पुग्दैनन् ।

नियमित रूपमा सवारीसाधन नजाने भएपछि पहाडी क्षेत्रमा उत्पादित तरकारी, दुग्धजन्य वस्तु बजारसम्म पुग्न पाएका छैनन् । आफ्नो उत्पादनले बजार नपाएपछि किसानले गर्दै आएका उत्पादन बन्द गरेका छन् । तेह्रथुमको कतिपय गाउँको समस्या पनि धनकुटाको विकट क्षेत्रको भन्दा फरक छैन ।

तेह्रथुममा ११ वटा ल्यान्डरोभर थिए । तेह्रथुक आठराई, तेह्रथुम सम्दु, छातेढुंगा, चुहानडाँडा, सिर्जुङलगायतका क्षेत्रमा ल्यान्डरोभरले सेवा दिँदै आएका थिए । गत चैतयता ती क्षेत्रमा ल्यान्डरोभर चलेका छैनन् । ‘गाडी नहुँदा पेन्सन थाप्नका लागि बूढापाकालाई डोकोमा बोकेर ओहोरदोहोर गराउनुपर्ने बाध्यता रहेको छ भने सुत्केरीलाई ट्याक्टरको भर पर्नुपर्ने अवस्था आएको तेह्रथुमका दिनेश भट्टराई बताउँछन् ।

भोजपुरको सदरमुकामनजिकका ठाउँमा समेत पुग्नका लागि ल्यान्डरोभरको भर थियो । त्यहाँ पनि समस्या उस्तै भएको स्थानीय सुरेश मोक्तान बताउँछन् । नियमित रूपमा सवारीसाधन नजाने भएपछि पहाडी क्षेत्रमा उत्पादित तरकारी, दुग्धजन्य वस्तु बजारसम्म पुग्न पाएका छैनन् । उत्पादनले बजार नपाएपछि किसानले उत्पादन पनि बन्द गर्न थालेका छन् ।आजको राजधानि दैनिकमा खबर रहेको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले