फुङ्लिङबाट खैरो हिरोइनसहित एक किशोर पक्राउ
..jpeg)
रेडियो ताप्लेजुङ
मंसिर ४ गते ।ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक किशोर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवका अनुसार फुङ्लिङ नगरपालिका–७ का १९ वर्षीय आशिष लिम्बुलाई पक्राउ गरिएको हो।
तोक्मे बसपार्क क्षेत्रमा केही व्यक्तिले लागूऔषध बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा बीहिबार प्रहरीले चेकजाँच गरेको थियो। सोही क्रममा लिम्बुलाई शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा एक ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
लिम्बुविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा २२ (ग) बमोजिम जिल्ला अदालतबाट ११ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

सामाजिक सञ्जालबाट भ्रामक अफवाह फैलाइएको भन्दै क्षेत्र विकास समितिको ध्यानाकर्षण,कारबाहीको चेतावनी
रेडियो ताप्लेजुङ मङ्सिर ४ गते ।पाथीभरा क्षेत्र विकास समितिले संस्था विरुद्ध सामाजिक सञ्जाल मार्फत भ्रम फैलने किसिमको सामग्री प्रकाशन भएकोप्रति

सामाजिक सञ्जालबाट भ्रामक अफवाह फैलाइएको भन्दै क्षेत्र विकास समितिको ध्यानाकर्षण,कारबाहीको चेतावनी
रेडियो ताप्लेजुङ मङ्सिर ४ गते ।पाथीभरा क्षेत्र विकास समितिले संस्था विरुद्ध सामाजिक सञ्जाल मार्फत भ्रम फैलने किसिमको सामग्री प्रकाशन भएकोप्रति
..jpeg)
मिक्वाखोलाका तीनवटा वडामा आलु पकेट कार्यक्रम सञ्चालन हुने
रेडियो ताप्लेजुङ मंसिर ४ गते ।जिल्लाको मिक्वाखोला गाउँपालिकाले तीनवटा वडामा आलु पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ। कोशी प्रदेशको उद्योग, कृषि


..jpeg)
..jpeg)
..jpeg)
..jpeg)

..jpeg)
..jpeg)
प्रतिकृया दिनुहोस