कोशी प्रदेश छनोटमा ताप्लेजुङ महिला फुटबल टिमले पाँचथर र धनकुटा बीचको विजेतासँग खेल्ने

रेडियो ताप्लेजुङ
मङ्सिर ४ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कोशी प्रदेश छनोटमा महिला फुटबलतर्फ ताप्लेजुङले मङ्सिर ७ गते म्याच नम्बर ६ अन्तर्गत पाँचथर र धनकुटाबीचको विजेतासँग खेल्ने भएको छ ।
प्रदेश खेलकुद विकास बोर्डले खेलतालिका सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो।समूह' बी 'मा रहेको ताप्लेजुङको समूहमा सुनसरी, ओखलढुङ्गा ,भोजपुर, खोटाङ, पाँचथर र धनकुटा रहेका छन्। ताप्लेजुङले भने बाइ पाएर पाँचथर र धनकुटाबीचको विजेतासँग खेल्ने भएको हो।
प्रदेशका १४ वटै जिल्लाको सहभागिता रहेको उक्त प्रतियोगितामा ताप्लेजुङले उक्त खेलमा जित निकाल्न सकेमा सेमिफाइनल प्रवेश गर्नेछ।
धरान स्थित एन्फा एकेडेमीमा प्रतियोगिता मङ्सिर ६ गतेदेखि सुरु हुनेछ। फाइनल भने मङ्सिर ९ गते बिहान ९ बजे हुने आयोजकले बताएको छ।
उक्त प्रतियोगितामा खेलेका उत्कृष्ट खेलाडीहरूलाई समेट्दै कोशी प्रदेशको टिमले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनेछ ।
..jpeg)
मेरिङदेनले चारवटा विधाका खेलमा प्रशिक्षक नियुक्त गर्दै
रेडियो ताप्लेजुङ मंसिर ४ गते । जिल्लाको मेरिङदेन गाउँपालिकाले चार विधाका खेलका लागि प्रशिक्षक नियुक्त गर्ने भएको छ। शिक्षा शाखा अधिकृत (सातौँ)
..jpeg)
धरानसँग नाल्बु ८–३ गोल अन्तरले पराजित, फेदापसँग आयोजक स्तब्ध
रेडियो ताप्लेजुङ मंसिर ४ गते । मिक्वाखोला गाउँपालिका–४, साँवामा फङफङदेन झरना पर्यटन महोत्सवको अवसरमा आयोजित फुटबल प्रतियोगितामा आज भएका खेलमा

कोशी प्रदेश छनोटमा ताप्लेजुङको अर्को सफलता : उसुमा स्वर्ण पदक
किरण गदाइली ताप्लेजुङ,मङ्सिर ३ गते।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कोशी प्रदेश छनोटमा ताप्लेजुङले उसुतर्फ समेत स्वर्ण पदक जितेको


..jpeg)
..jpeg)
..jpeg)
..jpeg)

..jpeg)
..jpeg)
प्रतिकृया दिनुहोस