कोशी प्रदेश छनोटमा ताप्लेजुङको अर्को सफलता : उसुमा स्वर्ण पदक

किरण गदाइली
ताप्लेजुङ,मङ्सिर ३ गते।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कोशी प्रदेश छनोटमा ताप्लेजुङले उसुतर्फ समेत स्वर्ण पदक जितेको छ।
झापाको बिर्तामोडमा बिहीबार सम्पन्न थाउलो विधाको 'ताइची 'अन्तर्गत ताप्लेजुङ मैवाखोला गाउँपालिका दुईका सौरभ विकले स्वर्ण पदक जितेका हुन् ।
अब विकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने उक्त विधाको खेलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्नेछन्।
प्रदेश छनोट अन्तर्गत ताप्लेजुङले पाएको यो दोस्रो सफलता हो यस अघि ब्याडमिन्टनतर्फ ताप्लेजुङकै भावना केदेम प्रदेशकै उत्कृष्ट भएकी छन् ।
जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेलका अनुसार प्रदेश राजधानी विराटनगर सहितका क्षेत्रमा विभिन्न विधामा भइरहेका खेलहरूमा ताप्लेजुङका खेलाडीहरूले सहभागिता जनाउने क्रम जारी छ।
हाल विभिन्न खेलका लागि जिल्लाबाट खेलाडीहरूलाई उक्त स्थानतर्फ पठाइरहेको जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले जनाएको छ।
..jpeg)
खोक्लिङलाई हान्यो कुम्मायकले ७ गोल,झापाको पोस्टमा फेदापको ६ गोल
किरण गदाइली ताप्लेजुङ, मंसिर २ गते । फङ्फङ्देन झरना पर्यटन महोत्सवको अवसरमा जारी फुटबल प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन्। आज भएका खेलमा
..jpeg)
ताप्लेजुङ फुटबल टोली खोटाङसँग पराजित
रेडियो ताप्लेजुङ कार्तिक २८ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कोशी प्रदेश छनोटअन्तर्गत पुरुष फुटबलतर्फ ताप्लेजुङको टोली पहिलो खेलमै

तेल्लोकमा सिरिजङ्घा गोल्डकप सहित बेजोड सांस्कृतिक कार्यक्रम हुँदै
रेडियो ताप्लेजुङ कात्तिक २७ गते ।सिरिजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोकमा सदाझै यस वर्ष पनि मङ्सिर २३ गतेदेखि २९ गतेसम्म 'अन्तर्राष्ट्रिय


..jpeg)
..jpeg)
..jpeg)
..jpeg)


..jpeg)
प्रतिकृया दिनुहोस