ताजा खबर

वृद्धाको घाँटीबाट सुनको सिक्री चोरी गर्ने पुरुष ताप्लेजुङ प्रहरीको नियन्त्रणमा

SITENAME

रेडियो ताप्लेजुङ


मंसिर ३ गते ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ९० वर्षीया वृद्धाको घाँटीबाट सुनको सिक्री लुछेर चोरी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ।

बुधबार फुङ्लिङ नगरपालिका ४ स्थित कञ्चनजङ्घा टोलमा बस्ने ९० वर्षीया सजीमाया लिम्बुको घाँटीबाट डेढ तोलाको सुनको सिक्री चोरी गरेको अभियोगमा सोही ठाउँका ३० वर्षीय प्रेम दर्जी पक्राउ परेका हुन्।

उनलाई बुधबार अपराह्न ४ बजे फुङ्लिङ बजारस्थित कोप्चे लाइनबाट चोरी भएको सुनको सिक्रीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिनुभयो।

दर्जीविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

चालु आबको हालसम्मको अवधिमा ताप्लेजुङमा ८६ थान राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याइयो

रेडियो ताप्लेजुङ मंसिर ३ गते ।चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्मको अवधिमा ताप्लेजुङमा ८६ थान राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याइएको

SITENAME

फुङ्लिङ नगरपालिकाले सांकेतिक भाषा दोभाषे नियुक्त गर्ने

रेडियो ताप्लेजुङ मंसिर ३ गते । जिल्लाको फुङ्लिङ नगरपालिकाले सांकेतिक भाषा दोभाषे नियुक्त गर्ने भएको छ। कोशी प्रदेश सरकार, सामाजिक विकास

SITENAME

फङ्फङ्देन समग्र नेपालकै सम्पत्ति हो : पूर्वमन्त्री हाङगाम

  रेडियो ताप्लेजुङ मंसिर २ गते । कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खगेनसिं हाङगामले चर्चित पर्यटकीय स्थल फुङ्फुङे (फङ्फङ्देन) झरना समग्र