खोक्लिङलाई हान्यो कुम्मायकले ७ गोल,झापाको पोस्टमा फेदापको ६ गोल
..jpeg)
किरण गदाइली
ताप्लेजुङ, मंसिर २ गते । फङ्फङ्देन झरना पर्यटन महोत्सवको अवसरमा जारी फुटबल प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन्।
आज भएका खेलमा खोक्लिङ सामाजिक युथ क्लबविरुद्ध कुम्मायक कुसायक युथ क्लब पाँचथर र सैनिक युथ क्लब झापाविरुद्ध फेदाप गाउँपालिका तेह्रथुमले शानदार जित दर्ता गराएका छन्।आजका दुबै खेल हाइस्कोरिङमा सकिएका हुन् ।
बिहीबार सञ्चालित पहिलो खेलमा खोक्लिङ सामाजिक युथ क्लबले कुम्मायक कुसायक युथ क्लबसँग ७–१ गोल अन्तरको हार बेहोरेको छ। त्यस्तै, दोस्रो खेलमा सैनिक युथ क्लब झापाले फेदाप गाउँपालिकासँग ६–१ गोल अन्तरको हार बेहोर्नुपरेको छ।
झापाको खेल रोमाञ्चक हुने अपेक्षासहित मैदानमा पुगेका दर्शक सैनिक युथ क्लबले फराकिलो अन्तरको हार बेहोरेपछि निराश बने ।
प्रतियोगितामा विजेता, उपविजेता लगायत विधागततर्फ उत्कृष्ट हुने खेलाडीले नगद पुरस्कारको सट्टा अलैँची पुरस्कार पाउने भएकाले प्रतियोगिताले देशव्यापी चर्चा पाएको छ।
सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

कोशी प्रदेश छनोटमा ताप्लेजुङको अर्को सफलता : उसुमा स्वर्ण पदक
किरण गदाइली ताप्लेजुङ,मङ्सिर ३ गते।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कोशी प्रदेश छनोटमा ताप्लेजुङले उसुतर्फ समेत स्वर्ण पदक जितेको
..jpeg)
ताप्लेजुङ फुटबल टोली खोटाङसँग पराजित
रेडियो ताप्लेजुङ कार्तिक २८ गते ।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कोशी प्रदेश छनोटअन्तर्गत पुरुष फुटबलतर्फ ताप्लेजुङको टोली पहिलो खेलमै

तेल्लोकमा सिरिजङ्घा गोल्डकप सहित बेजोड सांस्कृतिक कार्यक्रम हुँदै
रेडियो ताप्लेजुङ कात्तिक २७ गते ।सिरिजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोकमा सदाझै यस वर्ष पनि मङ्सिर २३ गतेदेखि २९ गतेसम्म 'अन्तर्राष्ट्रिय


..jpeg)
..jpeg)
..jpeg)
..jpeg)


..jpeg)
प्रतिकृया दिनुहोस