ताजा खबर

फुङ्लिङ नगरपालिकाले सांकेतिक भाषा दोभाषे नियुक्त गर्ने

SITENAME

रेडियो ताप्लेजुङ

मंसिर ३ गते । जिल्लाको फुङ्लिङ नगरपालिकाले सांकेतिक भाषा दोभाषे नियुक्त गर्ने भएको छ।

कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट स्वीकृत स्वर बोलाइसम्बन्धी नेपाली सांकेतिक भाषा दोभाषे सेवा परिचालनसम्बन्धी मार्गदर्शनबमोजिम एक जना दोभाषे नियुक्त गर्न लागिएको नगरपालिकाले जनाएको छ।

सेवा प्रवाहमा बहिरा तथा स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको सञ्चार पहुँच सुनिश्चित गर्न तथा सांकेतिक भाषा र सञ्चार व्यवस्थापनलाई प्रभावकारी बनाउन करार सेवामा कर्मचारी पदपूर्ति गर्न लागिएको नगरपालिकाले सूचनामार्फत जनाएको छ।

नेपाली सांकेतिक भाषामा प्रभावकारी रूपमा सञ्चार गर्न सक्ने इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन नगरपालिकाले बिहीबार सूचना जारी गर्दै आग्रह गरेको छ।

उक्त पदमा नियुक्त हुने कर्मचारीले २०८४ साल असार मसान्तसम्म काम गर्नुपर्नेछ। कार्यक्रमको आवश्यकता तथा कार्यसम्पादनका आधारमा सेवा नवीकरण गर्न सकिने सूचनामा उल्लेख छ।

नगरपालिकाका अनुसार उक्त पदमा आवेदन दिन महिलाको हकमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र पुरुषको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।


सूचना : यस रेडियो ताप्लेजुङको वेबसाइटमा प्रकाशित समाचार कुनै पनि छापा वा डिजिटल माध्यममा बिना अनुमति कपी गरी प्रकाशन वा प्रसारण नगरिदिनुहोला। स्पष्ट स्रोत नखुलाएमा विद्युतीय ऐन अन्तर्गत भइ जाने व्यहोरा जानकारी गराइन्छ । © रेडियो ताप्लेजुङ

प्रतिकृया दिनुहोस
SITENAME

वृद्धाको घाँटीबाट सुनको सिक्री चोरी गर्ने पुरुष ताप्लेजुङ प्रहरीको नियन्त्रणमा

रेडियो ताप्लेजुङ मंसिर ३ गते ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ९० वर्षीया वृद्धाको घाँटीबाट सुनको सिक्री लुछेर चोरी गरेको अभियोगमा एक

SITENAME

चालु आबको हालसम्मको अवधिमा ताप्लेजुङमा ८६ थान राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याइयो

रेडियो ताप्लेजुङ मंसिर ३ गते ।चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्मको अवधिमा ताप्लेजुङमा ८६ थान राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याइएको

SITENAME

फङ्फङ्देन समग्र नेपालकै सम्पत्ति हो : पूर्वमन्त्री हाङगाम

  रेडियो ताप्लेजुङ मंसिर २ गते । कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खगेनसिं हाङगामले चर्चित पर्यटकीय स्थल फुङ्फुङे (फङ्फङ्देन) झरना समग्र