प्रदेश ७ मा २७ र ६ मा २९ गते सभामुख निर्वाचन

२० माघ । प्रदेश ६ र ७ को पहिलो बैठकले सभामुख चयनको मिति तोक्ने भएका छन् । प्रदेश ६ र ७ को आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गर्दै सभामुख चयनको मिति तोक्ने कार्यसूची तयार गरिएको हो । प्रदेश ७ को पहिलो बैठकको कार्यसूचीमा २७ गते सभामुखको चुनावको मिति तोक्ने विषयमा छलफल हुने छ । बैठकले यो मिति पारित गरे २५ गते नामावली प्रकाशित गरी २७ गते सभामुख चयन हुने सांसद दुर्गा विकले जानकारी दिइन् । यस्तै प्रदेश ६ को पहिलो बैठकका लागि तयार गरिएको कार्यसूचीमा पनि सभामुखकै एजेण्डा मुख्य रहेको छ । प्रदेश ६ को सभामुख चयनका लागि २९ गते चुनावको मिति तोक्ने तयारी गरिएको छ । २९ गतेको मितिका विषयमा पहिलो बैठकमा छलफल हुने प्रदेश ६ को सांसद सचिवालयले जनाएको छ ।


सामाजिक संजाल