जंगलीहात्तीको आक्रमणबाट एकजनाको मृत्यु

इलाम, माघ ७ । इलाममा जंगलीहात्तीको आक्रमणबाट आइतबार एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका सोमनाथ भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बारीमा पानी लगाउन गएका ५२ वर्षीय भण्डारीलाई दिउँसो ३ बजेतिर हात्तीले आक्रमण गरेको थियो । त्यसलगत्तै उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।


सामाजिक संजाल