साउथह्याम्पटनले टोटनह्याम हट्सपरलाई बराबरीमा रोक्यो, यस्तो छ अंक तालिका

माघ ८ । इङ्गलिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले टोटनह्याम हट्सपरलाई बराबरीमा रोकेको छ । गएराती साउथह्याम्पटनको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो । खेलको १५ औं मिनेटमा टोटनह्यामका डेभिन्सन सान्चेजले आत्माघाति गोल गरेपछि साउथह्याम्पटनले अग्रता लियो । तर त्यसको ३ मिनेटपछि टोटनह्यामका ह्यारी केनले एक गोल गर्दै खेललाई बराबरी गरेका हुन् । गएरातीको खेलपछि टोटनह्याम हट्सपर २४ खेलबाट ४५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुलको ४७ अंक छ । लिभरपुलले आज राती स्वान्सी सिटीसँग उसैको मैदानमा खेल्नेछ । प्रिमियर लिग फुटबलमा २४ खेलबाट ६५ अंकका साथ म्यानचेष्टर सिटी शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडको ५३ अंक छ भने ५० अंकका साथ चेल्सी तेस्रो स्थानमा रहेको छ ।


सामाजिक संजाल