गायिका सुमिता राईको गीतमा आँचल र प्रज्वलको अभिनयसँगै दमदार नृत्य

माघ १ । नेपाली सांगीतिक आकाशकी उदयमान गायिका सुमिता राईको गीत ‘आँखै नहेरी’को म्यूजिक भिडियोले राम्रो तारिफ पाउन थालेको छ । ओम मणि पेमे हम प्रोडक्सनले निर्माण गरेको गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै गायिकाको स्वर र भिडियोले तारिफ बटुलेको हो । कुमार विवाहितको शब्द, संगीत रहेको गीतलाई सुमिता रार्इले स्वर भरेकी छन् । गीतमा अभिनेत्री आंचल शर्मा र प्रज्वल सिंह श्रेष्ठले अभिनय गरेका छन् । ठूलो पर्दाका चलचित्र समेत निर्देशन गरिसकेका चर्चित नृत्य निर्देशक तथा कलाकार गोविन्द राईले निर्देशन गरेको भिडियो दमदार बनेको छ । गीतलाई वीरेन्द्र भट्टले छायांकन गरेका हुन् भने टीबी थापाले सम्पादन गरेका छन् । भिडियोका निर्माता खरुन रार्इ हुन । गीतमा आँचल र प्रज्वलबीचको फक्रिदै गएको प्रेम सम्बन्ध र प्रेमी–प्रमिकाबीचको आकर्षण देख्न पाइन्छ । काठमाडौं आसपासमा रमणीय स्थानमा छायाकंन भएको भिडियो तारिफयोग्य बनेको छ ।


सामाजिक संजाल