कृषि विकास बैंकले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने

पुस १9 –कृषि विकास बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले नेपाल सरकारको अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशतले नगद लभांश दिने निर्णय गरेको छ । २० प्रतिशत बोनस वितरण गरेपछि कृषि विकास बैंकको चुक्ता पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।


सामाजिक संजाल