साहित्यकार प्रेमा शाहको निधन

साहित्यकार प्रेमा शाहको ७२ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय अमेरिकामा बस्दै आएकी शाहको अमेरिकाकै आइडाहोस्थित इन्टर माउन्टेन हस्पिटलमा निधन भएको हो। साहित्यकार शाह अभिनेत्री जल शाहकी आमा हुन्। २००२ मा वीरगन्जको श्रीपुरमा जन्मिएकी उनी सानै उमेरदेखि साहित्यरचनामा संलग्न थिइन्। शाहको 'पहेंलो गुलाफ' कथा संग्रह २०२३ सालमा प्रकाशित भएको थियो। पहेंलो गुलाफ नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानमा आधारित भएर लेखिएको कृति मानिन्छ। त्यसपछि उनको २०२८ सालमा यौनकै परिवेशमा लेखिएको कृति 'विषयान्तर' प्रकाशित भयो। शाहका ६ बालकथा र तीन उपन्यास प्रकाशित छन्।


सामाजिक संजाल