ट्रम्पको धम्कीका बाबजुद राष्ट्रसंघीय महासभाद्वारा अमेरिकी निर्णय अस्वीकार

पुस ७ । संयुक्त राष्ट्रसंघ महासभाले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी निर्णय अस्वीकार गरेको छ । प्रस्ताव अस्वीकार गर्नेमा १२८ मुलुक थिए भने समर्थन गर्नेमा जम्मा ९ वटा मुलुकमात्रै रहे । अरु ३५ मुलुक मतदानमै उपस्थित भएनन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी निर्णयको विपक्षमा उभिने मुलुकलाई आर्थिक सहयोग नै रोक्ने धम्की दिएका थिए । मतदानपछि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका प्रवक्ताले यो प्यालेस्टिनीहरुको जित भएको बताए । उता, इजरायली प्रधानमन्त्री बेन्जामीन नेत्यान्याहुको कार्यालयले महासभाको निर्णय अस्वीकार गर्ने जनाएको छ । क्यानडा र मेक्सिको मतदानमा अनुपस्थित रहँदा फ्रान्स, बेलायत, जर्मनी र जापानजस्ता अमेरिकीनिकट सहयोगी राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।


सामाजिक संजाल