१ सय ६५ निर्वाचन क्षेत्रमध्ये अब ५ स्थानको नतिजा आउन बाँकी

मंसिर २६ । प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अब ५ स्थानको मात्रै नतिजा आउन बाँकी छ । नतिजा आउन बाँकी क्षेत्र मध्ये स्याङ्जा १ र २, सुनसरी ३ र कैलाली २ मा एमाले उम्मेदवारहरुले अग्रता लिएका छन् भने सर्लाही ४ मा राजपाका उम्मेदवार अगाडी छन् । सुनसरी ३ मा एमालेकी भगवती चौधरीले अग्रता लिँदा कांग्रेसका विजयकुमार गच्छदारले झिनो मत अन्तरमा पछ्याइरहेका छन् । स्याङजा १ मा एमालेका नारायण मरासिनीले अग्रता लिँदा कांग्रेसका राजु थापा पछ्याइरहेका छन् । स्याङजा २ मा एमालेकी पद्यमा अर्यालले अग्रता लिँदा कांग्रेसका गोपालमान श्रेष्ठले पछ्याइरहेका छन् । कैलाली २ मा एमालेकै झपट रावलले अग्रता लिँदा कांग्रेसका मोहनसिंह राठौरले पछ्याइरहेका छन् । यता, सर्लाहीमा भने राजपाका राकेशकुमार मिश्रले अग्रता लिँदा कांग्रेसका अमरेशकुमार सिंहले पछ्याइरहेका छन् ।


सामाजिक संजाल