म्यान्चेस्टर युनाईटेडद्वारा वाट्फोर्ड पराजित, लेष्टर सिटीसँग हार्‍यो टोटनह्याम

मंसिर १३ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राती भएका खेलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई उसैको मैदानमा ४÷२ ले हराएको हो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन आस्ले योङले दुई गोल गरे भने एन्टोनियो मार्टीयल र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे । वाट्फोर्डका लागि ट्रोए डिनी र डोकोरेले एक एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीले टोटनह्याम हट्सपरलाई २-१ ले हराएको छ । लेष्टर सिटीको मैदानमा घरेलु टोलीलाई विजयी गराउन जेमी भार्डी र रियाल माहारेजले एक–एक गोल गरे । टोटनह्यामका ह्यारी केनले एक गोल फर्काए । प्रिमियर लिग फुटबलमा ब्राईटन र क्रिष्टल प्यालेसले गोलरहित बराबरी खेल्दा वेष्ट ब्रोम र न्युकासल युनाईटेडले २/२ गोलको बराबरीमा चित्त बुझाएका छन् ।


सामाजिक संजाल