तेह्रथुममा चार मतदान केन्द्र थपिए, ६६ हजार मतदाता

कात्तिक १२ – दोश्रो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव हुने पूर्वी पहाडी जिल्ला तेह्रथुममा चुनावी तयारी सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै तयारीका कामहरु सुरु भएका छन् । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली, मतदान केन्द्र, मतदान स्थल लगायत विषयहरुको अन्तिम टुंगो लगाएको छ । कर्मचारी व्यवस्थापन, तालिम, आचार संहिताबारे छलफल लगायतको तयारी भइरहेको निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो । उहाँका अनुसार निर्वाचन शिक्षा सामग्री आए लगत्तै २० कात्तिकदेखि गाउँगाउँमा निर्वाचन शिक्षा कार्यकर्ताहरु खटाइनेछ । जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम म्याङलुङमा रहेको जिल्ला अदालतमा बिहीबारै स्थापना भइसकेको छ । चार मतदान केन्द्र थपिए प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि जिल्लामा ८९ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी राईले बताउनुभयो । यसअघिका ५७ वटै स्थलमा ८९ वटा मतदान केन्द्र कामय गरिएको हो । गएको असारमा भएको स्थानीय चुनाव भन्दा अहिले ४ वटा मतदान केन्द्र थपिएका हुन् । स्थानीय चुनाव यता मतदाताको संख्या समेत थपिएकाले कार्यालयले मतदान केन्द्रको संख्या थपेको हो । प्रतिनिधिसभा तर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा ६६ हजार ६ सय ६७ जना मतदाता रहेका छन् । कार्यालयले यसअघि ६६ हजार ७ सय ४३ मतदाता रहेका भनेको थियो । नामावली दाहोरिएका ७६ जनाको दाहोरिएको नाम काटेपछि अहिले मतदाताको संख्या ६६ हजार ६ सय ६७ मा झरेको हो । स्थानीय चुनाव भन्दा ६ हजार बढी मतदाता स्थानीय चुनावको भन्दा अहिले ५ हजार मतदाता थपिएका छन् । जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा गरी ६ हजार ३९ जना मतदाता थपिएका निर्वाचन अधिकारी राईलेउनुभयो । जिल्ला निर्वाचन कार्यालयले दुई महिनासम्म जिल्लाभर मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम राखेको थियो । यो कार्यक्रममा जिल्लाका ७ हजार ३ सय ९१ जनाले मतदाता नामावली दर्ता गराएका थिए । तर त्यसमध्ये २०७४, भदौ ५ गतेसम्ममा १८ वर्ष पूरा भएकाहरुले मात्रै मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मतदान गर्न पाउने भएका हुन् । स्थानीय चुनावमा जिल्लाका ६० हजार ७ सय ४ जनाको नाम मतदाताको सूचिमा उल्लेख थियो ।


सामाजिक संजाल