बर्खास्त गरिएका क्याटलोनियाका नेतालाई नयाँ चुनावमा भाग लिन निर्देशन

कात्तिक १२ । स्पेनले बर्खास्त गरिएका क्याटलोनियाका नेता कार्लेस पुज्डमोनले नयाँ चुनावमा भाग लिए स्वागत गर्ने जनाएको छ । मड्रिडस्थित केन्द्रीय सरकारले क्याटलोनियाको क्षेत्रिय संसद्का लागि आगामी डिसेम्बरमा ताजा चुनावका लागि निर्देशन दिएको छ । क्याटलन संसद्ले स्वतन्त्रताको पक्षमा मतदान गरेपछि मड्रिडले क्याटलोनियाको स्वायत्तता अन्त्य गर्दै त्यहाँको संसद् भंग गरेको थियो । स्पेनी प्रधानमन्त्री राखोईले क्याटलोनियाका नेता पुज्डमोन र उनको मन्त्रिपरिषद् बर्खास्त गरेका छन् । पुज्डमोनले केन्द्रीय सरकारविरुद्ध प्रजातान्त्रिक प्रतिपक्षको भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।


सामाजिक संजाल