इलाममा १७ मतदान केन्द्र थपिए

कात्तिक १० – आउदो मंसिर २१ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य चुनावका लागि इलाममा १७ वटा मतदान केन्द्र थपिएका छन् । १ सय ४४ मतदान स्थलमा १७ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार जिल्लामा मतदान केन्द्र २ सय ६६ पुगेको छ । यसअघि जिल्लामा १ सय ४४ मतदान स्थल र २ सय ४९ मतदान केन्द्र थिए । मतदान स्थल भने नथपिएको कार्यालयले जनाएको छ । जिल्लामा ४ नगरपालिका ६ गाउँपालिकासहित १० स्थानीय तह छन् । आठ स्थानीय तहमा १७ वटा मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रेम कुमार काफ्लेले जानकारी दिनु भयो ।


सामाजिक संजाल