रियाल मड्रिडद्वारा फुन्लाब्रादा पराजित, दुई खेलाडीले पाए रातो कार्ड

कात्तिक १० । स्पेसिन कप फुटबलअन्तर्गत चौथो चरणका खेलहरुमा रियाल मड्रिड, लास पाल्मास र रियाल सोसिडाड विजयी भएका छन् । उपाधि दावेदार रियाल मड्रिडले तेस्रो डिभिजनको प्रतिद्वन्द्वी फुन्लाब्रादा विरुद्धको पहिलो लेगको खेल २-० ले जित्यो । रियाल मड्रिडले दुबै गोल दोस्रो हाफमा पाएको दुई वटा पेनाल्टी अवसरमा गरेको थियो । रियालका लागि मार्को एसेन्सियो र लुकास भाज्क्वेजले एक एक गोल गरेका हुन् । खेलमा फुन्लाब्रादाका क्यान्डेला पास्कल र रियाल मड्रिडका भालेयोले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएका थिए । दोस्रो लेगको खेल नोभेम्बर २९ मा रियाल मड्रिडको मैदानमा हुनेछ ।


सामाजिक संजाल