म्यान्चेस्टर युनाईटेड र आर्सनलको सहज जित, म्यान्चेस्टर सिटी टाई ब्रेकरमा विजयी

कात्तिक ८ । इङ्लिस लिग कप फुटबलअन्तर्गत मंगलबार राती भएका खेलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड, आर्सनल र लेष्टर सिटी विजयी भएका छन् । ई.एफ.एल कप भनिने यो प्रतियोगिताको चौथो चरणको खेलमा म्यान्चेस्टर सिटीले उल्भरह्याम्पटन वान्डरर्सलाई टाई ब्रेकरमा पराजित गर्‍यो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाई ब्रेकरमा म्यान सिटी ४-१ ले विजयी भएको हो । लिग कप फुटबलकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले स्वान्सी सिटीलाई २-० ले हराउँदा आर्सनलले नर्वीच सिटीलाई २-१ ले पराजित गर्‍यो । लेष्टर सिटीले लिड्स युनाईटेडलाई ३-० ले हराउँदा बर्नमाउथले मिडिल्सब्रोलाई ३-१ ले तथा ब्रिस्टोल सिटीले क्रिष्टल प्यालेसलाई ४-१ ले पाखा लगायो । लिग कप फुटबलमा आज राती चेल्सीले एभर्टनसँग खेल्दा टोटनह्याम हट्सपरको भिडन्त वेष्ट ह्याम युनाईटेडसँग हुनेछ ।


सामाजिक संजाल