क्याटलोनिया स्वतन्त्र भएको हो वा होइन पुष्टि गर्न स्पेनको पाँच दिने अल्टिमेटम

असोज २६ । स्पेनका प्रधानमन्त्री म्यारियानो राजोएले क्याटलोनिया स्वतन्त्र राज्य घोषणा भएको हो या होइन भन्ने स्पष्ट पार्न त्यहाँका प्रशासनिक नेताहरुलाई पाँच दिनको अल्टिमेटम दिएका छन् । प्रधानमन्त्री म्यारियानोले क्याटलोनियाको सरकारले स्वतन्त्रताको घोषणा गरेको हो या होइन भन्ने स्पष्ट भएपछि थप प्रक्रिया अघि बढाइने बताएका छन् । मंगलबार मात्र यहाँको सरकारले जनमत संग्रहको परिणामको हवाला दिएर क्याटालोनियाको स्वतन्त्रताको घोषणा गरेको थियो । सोही सूचनाका आधारमा स्पेनका प्रधानमन्त्रीले क्याटलोनिया प्रशासनलाई प्रश्न गरेको बताइएको छ । यदि स्वतन्त्रता घोषणा गरेको भएमा सरकारले सोही बमोजिम निर्णय प्रधानमन्त्रीको भनाइ थियो । आगामी सोमबारभित्रमा स्वतन्त्र घोषणा सम्बन्धी हस्ताक्षर गरिएको घोषणा फिर्ता नगरेमा स्पेनको संविधानको धारा १५५ अनुसार क्याटलोनियाको स्वायत्तता निलम्बन गरी केन्द्रीय शासन लागु गर्ने प्रधानमन्त्री राजोइको भनाई छ ।


सामाजिक संजाल