फ्रान्सद्वारा बुल्गेरिया पराजित, स्विडेन, पोर्चुगल र स्विट्जरल्याण्ड विजयी

असोज २२ । विश्वकप फुटबल छनोट अन्तर्गत शनिबार राती भएका खेलमा फ्रान्स, पोर्चुगल, स्विडेन र स्विट्जरल्याण्ड विजयी भएका छन् । समुह ए को खेलमा बुल्गेरियालाई १-० ले हराउँदै फ्रान्सले अर्को वर्ष रुसमा हुने विश्वकपमा सोझै छनौट हुने संभावना बलियो पारेको छ । यो समुहमा एक खेल बाँकी छँदा फ्रान्सको २० अंक छ भने दोस्रो स्थानको स्विडेनको १९ अंक छ । अन्तिम खेलमा फ्रान्सले बेलारुससँग तथा स्विडेनले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । रातीका खेलहरुमा स्विडेनले लक्जेम्बर्गलाई ८-० ले हराँउदा नेदरल्याण्ड्सले बेलारुसलाई ३-० ले पराजित गर्‍यो । विश्वकप छनौट अन्तर्गत समुह बी का खेलहरुमा शिर्ष स्थानको स्विट्जरल्याण्डले हंगेरीलाई ५-२ ले हराउँदा पोर्चुगलले एण्डोरालाई २-० ले पराजित गर्‍यो ।


सामाजिक संजाल