एमाले ताप्लेजुङवाट प्रतिनिधि निर्वाचनमा एमाले सचिव भट्टराई नाम सर्वसम्मत सिफारिस

ताप्लेजुङ, असोज २१ गते । नेकपा (एमाले) ताप्लेजुङले एमाले सचिव योगेश भट्टराईलाई प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत रूपमा सिफारिस गरेको छ । एक मात्र क्षेत्र रहेको जिल्लावाट प्रतिनिधिसभाका लागि भट्टराईको नाम सर्वसम्मत सिफारिस गरेको एमाले जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङले जानकारी दिनुभयो । एमाले ताप्लेजुङले प्रदेशसभा क्षेत्र नम्बर १ का लागि जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ,सन्तोस खतिवडा,निर्मला इजमको नाम सिफारिस गरेका छन् भने क्षेत्र नम्बर २ का लागि संसद डम्बरध्वोज तुम्बाहाम्फे र बल बहादुर तामाङको नाम सिफारिस गरिएको पार्टी उपाध्यक्ष मात्रृका भट्टराईले जानकारी दिनुभयो । यता समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि भने तिलकुमार मेन्याङवोको नाम सिफारिस भएको छ । उहाको मात्र नाम प्रतिनिधिका लागि सर्वसस्मत सिफारिस गरिएको हो । प्रदेशका लागि भने क्षेत्र नम्बर १ का लागि संसद भुपेन्द्र थेवे, अम्बिका राजभण्डारी,भरतकुमार गुरुङ र राधाकृष्ण पौडेल नाम सिफारिस गरिएको छ भने क्षेत्र नम्बर २ का लागि रामप्रसाद सुवेदी,चन्द्रमान वनेम,छिरिङ लामा, होमकुमारी सांवा,बुद्धिमान परिवार,विर बहादुर माबोहाङ,सनतोष बराइली र शान्ता हाङबोहाङलाई सिफारिस गरिएको उपाध्यक्ष भट्टराइले जाकारी दिनुभयो । एमालेले प्रदेश सभा तथा समानुपातिकका लागि भने गराति निर्वाचन प्रकृयाबाट नाम सिफारिस गरेको हो । 


सामाजिक संजाल