बार्सिलोना, चेल्सी र म्यान्चेस्टर युनाईटेडलाई सफलता, बायर्न पिएसजीसँग पराजित

असोज १२ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राती भएको खेलमा चेल्सीले एलेटिको मड्रिडलाई २-१ ले हराएको छ । स्पेनिस क्लव एथ्लेटिको मड्रिडको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मिची बात्सुईले अतिरिक्त समयमा निर्णायक गोल गरे । यसअघि एथ्लेटिको मड्रिडका एन्टोनियो ग्रेजम्यानले पहिलो गोल गरेका थिए भने चेल्सीका अल्भारो मोराटाले बराबरी गोल गरेका थिए । यही समुहको अर्को खेलमा ईटालीको ए.एस रोमाले अजरबैजानको काराबागलाई २-१ ले हराएको छ । च्याम्पियन्स लिगअन्तर्गत समुह ए का खेलहरुमा म्यान्चेस्टर युनाईटेड र एफसी बाजल विजयी भएका छन् । इङ्गलिस क्लव म्यान्चेस्टर युनाईटेडले रुसको सि.एस.के.ए मस्कोलाई ४-१ ले हराँउदा स्विट्जरल्याण्डको एफसी बाजलले पोर्चुगलको बेनिफीकालाई ५-० ले पाखा लगायो ।


सामाजिक संजाल