ज्वार्इंको खुकुरी प्रहारबाट सासु र ससुरा गम्भिर घाइते

ताप्लेजुङको फुङलिङ नगरपालिकामा ज्वार्इंको खुकुरी प्रहारबाट सासु र ससुरा गम्भिर घाइते भएका छन् । फुङलिङ नगरपालिका ७ निवासी ५० वर्षिय बिर्ख पालुङ्वा र उनकी श्रीमती ५१ वर्षिय भगिरथा पालुङ्वालाई नीजकै ज्वाई २५ वर्षिय अञ्जान मगरले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुवै जनाको टाउको, हात र खुट्टामा गम्भिर चोट लागेको छ । एउटै घरमा बस्दै आएका मगरले अत्याधिक मदिरा सेवन गरि आइतबार राती १ बजेको समयमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि झापाको बी एण्ड सी अस्पतालमा रेफर गरिएको छ । घटना पछि ज्वाई मगर फरार रहेको र खोजि कार्य भइरहेको बस्नेतले बताउनुभयो ।


सामाजिक संजाल