ताप्लेजुङमा लडेर दुई जनाको मृत्यु

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको छुटाछुटै स्थानमा लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिरिजंघा र सिदिङ्वा गाउँपालिकामा लडेर दुई जनाको मृत्यु भएको हो । सिरिजंघा गाउँपालिका वडा नं ४ का ५० वर्षिय ललित मावोको आइतबार साँझ घर नजिकैको याङपुङ भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मावोको शव पोष्ट मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा राखिएको छ । त्यस्तै मामाघरबाट घर फर्कने क्रममा भिरबाट लडेरका सिदिङ्वा गाउँपालिका ५ का होमकर्ण राईको उपचारको क्रममा मृत्यु भएको छ । असोज ७ गते राती ताल भिरबाट लडेका राईको झपाको बी एण्ड सी अस्पतालमा आज बिहान निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो ।


सामाजिक संजाल