फेरिएकी स्वेता

नायिका तथा निर्मात्री स्वेता खड्काले चलचित्र ‘कान्छी’को घोषणा कार्यक्रममा आफू फेरिएको बताइन् । उनले आफू पहिलेकी स्वेता नरहेकी भन्दै आफ्नो पूर्नजन्म भएको समेत घोषणा गरिन् । स्वेताको यो भनाइलाइ जुन कोणबाट पनि हेर्न सकिन्छ । पति श्रीकृष्ण श्रेष्ठको निधन भएपछि केही बर्ष विक्षिप्त बनेकी स्वेता अहिले एक्लै चलचित्र निर्माणमा अग्रसर छिन् । सायद, उनले आफू फेरिएको भनेर यही कुराको संकेत पनि गर्न खोजेकी हुनसक्छिन् । तर, साच्चिकै स्वेता अहिले फेरिएकी छिन् । ओठमा मुस्कान, पहिरनमा सजगतादेखि समाजसेवामा क्रियाशिल स्वेता अब चलचित्र अभिनयको दौडमा दौडिने तयारीमा छिन् । दयाहाङ राइलाइ जोडी बनाएर स्वेताले अभिनय गर्न लागेको चलचित्र ‘कान्छी’को छायांकन भदौ २ गतेबाट हुनेछ भने माघ २६ गतेबाट रिलिज हुनेछ ।


सामाजिक संजाल