एपिएफ पाथिभरा गोल्डकपको सेमिफाइनलमा

एपिएफ पाथिभरा गोल्डकपको सेमिफाइनलमा
सिताराम गुरागाई,
डिफेण्डिङ च्याम्पियन गोर्खा स्पोर्टिङ क्लव दमकलाई ट्राइवेकरमा हराउदै सशस्त्र प्रहरी वल दमक पाथिभरा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । ताप्लेजुङ सदुमुकामस्थित भानु जनमावीको मैदानमा भएको खेलमा सशस्त्रले दमकलाइ ४—३ गोल अन्तरले पराजित गरेको
हो । ट्राइवेकरमा एपिएफका सुसिल राई, बुद्धिमान राई, उज्वल चाम्लिङ र नविन चौधरीले गोल गरे । गोर्खाका सुमन डंगोल र दिनेश कार्कीले गोल गर्न नसकेपछि
गोर्खा पराजित भयो । उसका लागि सुसन सुब्बा, विष्णु सुनुवार र पिटर सेगुनले मात्र गोल गरेका थिए । पहिलो हाफको  २९ आंै मिनेटमा गोर्खाका बर्तमान राइले पहिलो गोल गरेर टिमलाइ
अग्रता दिलाएपनि त्यसको चार मिनेटपछि नै सशस्त्रका धनवहादुर श्रेष्ठले वरावरी वनाएका
थिए । निर्धारित समयमा कसैलेपनि गोल गर्न नसकेपछि १० मिनेट अतिरिक्त समय
थपिएको थियो । भोलिको खेल चर्च ब्वाइज काठमाण्डौ र इटहरी सुनसरी विच
हु“दैछ । खेल दिउसो ३ बजेदेखि हुनेछ ।
 


सामाजिक संजाल