सुरुङबाट निस्केको पानीले २८ रोपनी खेत बगायो

पाँचथर, पाँचथरको हेँवा खोलामा निर्माणाधिन तल्लो हेँवाखोला जलविद्युत आयोजनाका लागि निर्माण गरिएको सुरुङबाट निस्किएको पानीले फिदिम नगरपालिका–४ स्थित हेँवा खोला आसपासको २८ रोपनी खेतमा क्षति पुर्‍याएको छ । आइतबार रातिको वर्षाका कारण फेमे खोलामा बाढी आएर जलविद्युत आयोजनाका लागि निर्माण गरिएको सुरुङबाट उम्केको पानीका कारण पहिरो जाँदा सुरुङ मुनिको २८ रोपनी खेत पुरेको हो । पुरिएको खेतमा भर्खर मात्र स्थानीय बासिन्दाले धान रोपेका थिए । पहिरोले पुरिएको खेतमा अहिले ढुंगा र रोडाको थुप्रो लागेको छ । अझै पनि पहिरो जान सक्ने खतरा भएकाले नजिकै रहेको दिलकुमारको घर पनि पहिरोको जोमिमा परेको छ । फेमे खोलामा रहेको सुरुङबाट पानी छिरेर सागुटार स्थित जंगलमा पानी निस्किएको हो । पहिरोले फिदिम–४ सागटारका दिलकुमार याक्पाङदेनको २१ रोपनी र हिलिहाङ–७ चुवाबोटेमा रहेको लक्ष्मी तामाङको खेत पुरेको हो ।


सामाजिक संजाल