ध्रुव र रजनीको ‘उल्झन’

चलचित्र ‘उल्झन’को निर्माण हुने भएको छ । राजु अधिकारीको कथा तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्रको काठमाण्डौमा शुभसाइत गरिएको छ । तेजेन्द्र कँडेल प्रस्तुतकर्ता रहेको यो चलचित्रमा सन्तोष अधिकारी र हरि कार्कीको लगानी रहनेछ । यस्तै, चलचित्रका कार्यकारी निर्माता नविन अधिकारी र नारायण ढुंगाना छन् । मन्षा मान्स्भी अधिकारी, सुजित महर्जन यसका सह-निर्माता हुन् । चचित्रमा ध्रुव दत्त, रजनी केसी, वेनी ढुंगाना, दिपक ढकाल, रामचन्द्र अधिकारी, ऐनी बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । एउटा यूवाले विदेशमा पुगेर भोग्नु परेको पीडा र लक्ष्य प्राप्त गरिसकेपछि स्वदेश फर्कदा पारिवारिक सम्बन्धमा आउने दरारको कथालाइ यो चलचित्रले उठान गर्नेछ । चलचित्रमा लक्ष्मण घिमिरेको छायांकन, हिरामणी न्यौपाने र दिनेश गौतमको संगीत, कुमार महर्जनको एक्सन, शिव वीकको नृत्य निर्देशन रहनेछ ।


सामाजिक संजाल