दुइ ढिस्कनोले दुइ घरमा क्षती

ताप्लेजुङ साउन १९ । दिनहु“जसो बर्षा भइरहदा फुङलिङ नगरपालिका ४ र १० मा दुइ वटा ढिस्कनुले दुइवटा घरमा क्षती पुर्याएको छ । नगरपालिका ४ भानुजन माविको छेउमा छत्रमाया लिम्वू र १० को भालुगौंडेमा कृष्णवहादुर भट्टराइको घरमा क्षती पुगेको छ । सुकेटार भालुगौंडे सडकको ढिस्कनुले कृष्णबहादुरको घर भत्काएको स्थानिय टेकमान भट्टराइले जानकारी दिनुभयो । पूर्वाञ्चल हावापानी फिल्ड कार्यालयका अनुसार दैनिक १८÷२० मिलिमिटर बर्षा भइरहेको छ । तमोर जलासयको छलफल आज तमोर जलासयका बिषयमा आज काठमाण्डौमा बृहत छलफल हुने भएको छ । चार सय मेगावाटको बिद्युत उत्पादनकालागि छलफल हुन लागेको हो । तमोरमा ड्याम बनाएर निर्माणको बिषयमा छलफल भइरहेको छ ।


सामाजिक संजाल