आयल निगमको अर्को झुट, निजी जग्गा किन्ने टेन्डर खोलेर सार्वजनिक जग्गाको खोजी

१६ साउन। नेपाल आयल निगमले ९० दिनसम्म पुग्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्न सरकारी जग्गा खरिदको पहल नै नगरी निजी जग्गा किनेको खुलेको छ । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समिति र विभागीय आपूर्ति मन्त्रालयले सरकारी जग्गामा भण्डारण गृह निर्माण गर्न निर्देशन दिएका थिए । निगमले भने सरकारी जग्गा यथेष्ट नभेटिएको र खरिद प्रक्रिया झन्झटिलो भएको कारण देखाउँदै निजी जग्गा खोजेर भण्डारण गृह निर्माणको प्रक्रिया अघि बढाएको संसदीय समितिलाई जानकारी गराएको थियो । तर, निगमले संसदीय समितिलाई छल्दै विभागीय मन्त्रालयको मिलेमतोमा निजी जग्गा खरिद गरेको भेटिएको छ । आयल निगमका अधिकारीले यस विषयमा स्पष्ट धारणा राख्न मानेका छैनन् ।


सामाजिक संजाल