भदौदेखि उपत्यकामा इ–पेमेन्ट

१२ साउन । सरकारी निकायवाट हुने भुक्तानी अब सिधै सेवाग्राहीको खातामा जाने भएको छ । सरकारले भदौदेखि विद्युतिय भुक्तानी (इ–पेमेन्ट सिस्टम) बाटै चेक भुक्तानी गर्ने भएको छ । चेक भुक्तानीलाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै अनलाइनबाटै सिधै खातामा रकम जम्मा गर्ने व्यवस्था गर्न लागिएको हो ।   एकिकृत दुरसञ्चार सेवाका लागि लाईसेन्स लिएर प्रतिस्पर्धामा जाने तयारीमा रहेको युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले बक्यौता रकमको पाँचौ किस्ता बुझाउन आनाकानी गरेको समाचार पनि कारोबारले लेखेको छ । त्यस्तै लघुवित्तको नाफा घट्नसक्नेलाई पनि कारोबारले लेखेको छ । आयोजनाको बजेटमा विदेश सयरलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । लगानी सम्मेलनपछि विदेशी लगानी झन घट्योलाई पनि नागरिकले लेखेको छ । त्यस्तै ५० हजार लिने ९३ प्रतिशतले घर बनाएनन्लाई पनि नागरिकले लेखेको छ । भारत फास्ट ट्रयाकमा, नेपाल सुस्तलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । नियम विपरित उत्खनन अनुमतिलाई पनि अन्नपूर्णले लेखेको छ । चार सातामा १ खर्ब १९ अर्ब निक्षेप बढ्योलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । ५४ खाद्य उद्योगीविरुद्ध मुद्दालाई पनि नयाँ पत्रिकाले लेखेको छ ।


सामाजिक संजाल