रुस समर्थित पृथकतावादीले युक्रेनको एक क्षेत्र नियन्त्रणमा लिएको अमेरिकी आरोप

माघ ८, रुस समर्थित पृथकतावादीले पूर्वी युक्रेनको एक क्षेत्रलाई नियन्त्रणमा लिएको अमेरिकाले आरोप लगाएको छ । युद्धविरामको पूर्व सहमति विपरित विद्रोही समूहले पूर्वी युक्रेनको सो क्षेत्र कव्जा गरेको अमेरिकी विदेशमन्त्री जोन केरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ९ हजार भन्दा वढी सैनिक विद्रोहीविरुद्ध परिचालित भएको युक्रेनले जनाएको छ । सो घटनापछि युक्रेनी विदेशमन्त्रीले रसिया, फ्रान्स र जर्मनले युद्धविरामका लागि संयुक्त पहल गर्नुपर्ने बताउनुभएको छ ।


सामाजिक संजाल