सुकेटार–टिपतला (तिब्बत) सडकको ठेक्का चुनाव लगत्तै

रेडियो ताप्लेजुङ
असार १५ गते । पूर्वी पहाडको समृद्धिसँग जोडिएको सुकेटार–ओलाङचुङगोला–टिपतला भन्ज्याङ सडकको ठेक्का प्रक्रिया स्थानिय तहको चुनाव लगत्तै हुने भएको छ । स्विकृत ६० करोड ४५ लाख बजेटको ठेक्का चुनावलगत्तै आव्हान गर्ने उत्तर दक्षिण दोभान–ओलाङचुङगोला लोकमार्ग कार्यालयले जनाएको छ । कार्यालय प्रमूख कुबेर नेपालीले भने,“बहुवर्षीय ठेक्का मार्फत काम अघि बढाउन अर्थले स्विकृती दिएको हो । चुनावलगत्तै ठेक्का प्रक्रिया अघि बढ्छ ।” कार्यालयले सडक विभागमार्फत माग गरेको रकम भौतीक योजना तथा निर्माण मन्त्रालयहुँदै अर्थ मन्त्रालयमा पुगेपछि अर्थले स्विकृत गरेको हो ।
सुकेटार–ओलाङचुङगोला सडक दुरी ९५ किलोमिटरमध्ये ४४ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । खोलिएको ट्रयाकमा ५० करोड बढि खर्च भएको छ  अब ५१ किलोमिटर सडक ट्रयाक खुल्न बाँकी छ । उक्त ट्रयाक खुलाउन हाल स्विकृत जति नै रकम लाग्ने कार्यालय प्रमूख नेपालीले बताए । ओलाङुचङगोला–टिपतला भन्ज्याङको दुरि २१ किलोमिटर छ । तीमध्ये १० किलोमिटर सडकको ट्रयाक खोलिएको छ । अब ११ किलोमिटर बाँकी छ । स्थानीबासीद्धारा संकलित १ करोड ५० लाख रुपैयाँ ट्रयाक खुलाउन खर्च भैइरहेको उभपोक्ता समिति अध्यक्ष छेतेन वालुङले बताए । ओलाङचुङगोलामा जन्मिएर कामको सिलशीलामा विदेशमा रहेका र स्थानीयबासीले उक्त रकम संकलन गरेका हुन् । रकम संकलनलगत्तै उपभोक्ता समिति गठन गरेर तिब्बतबाट स्काफ भेटर र चालक ल्याएर ट्रयाक खुलाउन सुरु गरिएको अध्यक्ष वालुङले जानकारी दिए । उनले भने,“टिपतला भन्ज्याङबाट हामी ट्रयाक खोल्दै जान्छौ । सुकेटारबाट पनि ट्रयाक खुलाउने काम तिव्र भए सदरमुकाम–टिपतला सडक मार्ग छिटो जोडिने थियो ।” कार्यालय प्रमूख नेपालीले समेत वालुङको भनाईमा सहमति जनाए । दुवैतिरबाट कामको स्पिड बढे दुई वर्षमा सडक जोड्न संम्भव भएको नेपालीले बताए ।
हाल खोलिएको ट्रयाकअन्तर्गत सुकेटारदेखि लिङखिमम्म दैनिक ट्याक्सी तथा ट्याक्टर गुड्न थालेको छ । उत्तरी भेगका बासिन्दालाई दैनिक उपभोग्य सामाग्री उपभोगमा राहत मिलेको छ । सदरमुकाम–ओलाङचुङगोला सामान ढुवानी प्रति केजी १ सय ३५ रुपैयाँ पछ । लिङखिमसम्म गाडी गुड्न थालेपछि भने उत्तरी क्षेत्रका बासिन्दालाई ढुवानीमा केही राहत मिलेको छ । आर्थिक वर्ष २०६५÷६६ देखि उत्तर–दक्षिण लोकमार्गको नाममा योजना सुरु भएको हो । उक्त आर्थिक वर्षमा ८ करोड विनियोजन भएको थियो । यद्यपी त्यसयता वर्षेनी रकम विनियोजन न्यून भएकाले ट्रयाक खोल्ने काम सुस्त बनेको थियो ।
 


सामाजिक संजाल