इजरेल समर्थीत भएको आरोपमा हमास सरकारद्धारा तीन जनालाई फाँसी

  चैत्र २४, इजेरयल र प्यालेष्टाइनबीचको विवादास्पद गाजा क्षेत्रमा इजरेल समर्थीत भएको आरोपमा हमास सरकारले तीन जनालाई फाँसी दिएको छ । इजरेलको सहयोगी भएको आरोपमा ३२, ४२ र ५५ बर्षीय प्यालेस्टिनीलाई मृत्युदण्ड दिइएको हमास सरकारको गृह मन्त्रालयले जनाएको छ । अदालतले विदेशीसंग मिलेर राजद्रोह सम्बन्धी षडन्त्र गरेको भन्दै उनीहरुलाई दोषी ठहर गरेपछि मृत्युदण्ड दिइएको बीबीसीले उल्लेख गरेको छ । उनीहरुलाई ६ महिना देखि एक बर्ष अघि पक्राउ गरिएको थियो । गत महिना हमास समर्थित लडाकुका प्रमुख नेता माजेन फुगाहा मारिएको घटनामा उनीहरु संलग्न भएको आरोप लागेको छ । सन् १९६७ मा मध्यपूर्वी क्षेत्रमा भएको युुद्धका क्रममा गाजा क्षेत्रलाई इजरेलले कब्जामा लिएको थियो । सन् २००५ मा उसले सबै सेना तथा सुरक्षाफौजलाई फिर्ता लगेको थियो । त्यसपछि सन् २००६ मा हमासले प्यालेस्टाईनको व्यवस्थापिका परिषद्को निर्वाचनमा विजय प्राप्त गरेपछि गाजा क्षेत्रलाई अधिनमा लिएयता त्यसलाई लिएर प्यालेस्टाईन र इजरेलबीच पटकपटक युद्ध भएको छ ।
source:ekantipur.com


सामाजिक संजाल