झापा ११ माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा

इलाम चैत्र २४,  रमपम झापा ११ माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इलामको सदरमुकामस्थित ठुलो मैदानमा आज भएको सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई १–० गोल अन्तरले हराउँदै झापा ११ ले उपाधी भिडन्त पक्का गरेको हो । उपाधीका लागी उसले आगामी शनिबार विभागीय टोली आर्मीसंग प्रतिस्प्र्धा गर्नेछ । झापाका लागि खेलको अतिरिक्त समयको विशाल राईले गरेको गोल निर्णयक बनेको थियो । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । 

source:ekantipur.com
 


सामाजिक संजाल