म काठमाडौंको मेयरको उम्मेदवार होइन:योगेश भट्टराई

रेडियो ताप्लेजुङ
चैत्र २४,एमाले सचिव योगेश भट्टराईले आफू काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार नभएको प्रष्ट्याएका छन् । 
 
चुनावी प्रचारकालागि गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले  रेडियो ताप्लेजुङको कार्यक्रम सुन्नैपर्ने कुरामा बोल्दै काठमाडौंको मेयरमा आफ्नो चर्चा भएपनि आफू उम्मेदवार नभएको र पार्टीले अरुनै कसैलाई उम्मेदवार बनाउने बताए । ‘जित्न सक्षम साथीहरु धेरै हुनुहुन्छ, उहाँहरु मध्येबाट कोही उम्मेदवार बन्नुहुन्छ,’ भट्टराईले भने । युवापंक्ति र लाकप्रियता भएकाले चर्चा हुनु सामान्य भएको भट्टराईको भनाइ थियो ।
  
ताप्लेजुङका स्थानीय तहको टिकटकालागि आफूले कसैको वकालत नगर्ने र आशिर्वाद पनि कसैप्रति नभएको बताए । ‘स्थानीय तहमा लोकप्रिय, चुनाव जित्न सक्ने व्यक्तिको खोजि हुन्छ । यसमा मेरो कुनै भुमिका हुँदैन,’ उनले भने, ‘सकेसम्म सर्वसम्मतको प्रयास हुन्छ ।’ 
 
फुङलिङ नगरपालिकामा योगेशका दाइ मात्रीकाप्रसाद भट्टराई, साढुदाइ तारानाथ घिमिरे, सन्तोष खतिवडा र छत्रपति प्याकुरेलको चर्चा रहेको छ । उनिहरुले उम्मेदवारको दावी गरिरहेका छन् । गृहजिल्ला आएकोबेला योगेशले दिने सदासयताले अर्थ राख्ने स्थानीयस्तरका नेताको बुझाइ छ । 


सामाजिक संजाल