अफगानिस्तान र पाकिस्तानमा हिमपात र हिमपहिरो, १०० जनाको मृत्यु

माघ २४ । अफगानिस्तान तथा पाकिस्तानमा हिमपात तथा हिमपहिरोका कारण एक सय भन्दा धेरै मानिसको ज्यान गएको छ । लगातार भइरहेको हिमपात तथा हिमपहिरोका कारण अफगानिस्तानमा पछिल्लो तीन दिनमा एक सय भन्दा धेरैको ज्यान गएको छ । त्यसमध्ये १६ जनाको राजधानी काबुलको उत्तरी क्षेत्रमा गएको हिमपहिरोमा परि ज्यान गएको हो । यस्तै पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको उत्तरपूर्वी राज्य नुरिस्तानमा हिम पहिरोमा परि ४५ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । पाकिस्तानमा पनि हिमपहिरोमा परि १३ जनाको ज्यान गएको छ । त्यसमध्ये ९ जनाको चितराल शहरमा ज्यान गएको हो । हिमपहिरोका कारण धेरै घरमा क्षति पुगेको छ । धेरै मानिस घरमै फसेका छन् । हिउँका कारण यातायात सेवा रोकिएको छ भने सयौं गाडी बाटोमै रोकिएका छन् । अफगानिस्तान तथा पाकिस्तानका उच्च पहाडी क्षेत्रको जनजीवन निकै कष्टकर भएको छ ।
 स्रोतः उज्यालो अनलाइन


सामाजिक संजाल