ओस्कार अवार्ड : ला ला ल्याण्डलाई सर्वाधिक १४ विधामा मनोनयन

 

माघ १२ – चलचित्र ला ला ल्याण्ड ओस्कार अवार्डका लागि विभिन्न १४ विधामा मनोनयनमा परेको छ । केही समयअघि भएको गोल्डेन ग्लोब अवार्डमा मनोनयनमा परेका सबै सात विधामा अवार्ड जितेको ला ला ल्याण्डले ओस्कार अवार्डका लागि १४ विधामा मनोनयमा पर्दै सर्वाधिक मनोनयनमा पर्ने कीर्तिमानसँग बराबरी गरेको हो । यसअघि सन् १९५१ मा अल एबाउट इभ र सन् १९९८ मा टाइटानिक पनि १४ विधामा मनोनयनमा परेका थिए । ला ला ल्याण्ड उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ अभिनेता, सर्वश्रेष्ठ अभिनेत्री, सर्वश्रेष्ठ निर्देशकसहित १४ विधामा मनोनयनमा परेको हो । रायन गोस्लिङ्ग र एमा स्टोनको मुख्य भूमिका रहेको ला ला ल्याण्ड ओस्कारको इतिहासमा नै सर्वाधिक विधामा मनोनयनमा पर्ने पहिलो सांगीतिक चलचित्र हो । यो वर्ष अभिनय विधाका लागि दिइने २० विधा मध्ये सात विधामा अश्वेत कलाकार मनोनयनमा परेका छन् । गएका दुई वर्ष श्वेत कलाकार मात्रै मनोनयनमा परेका थिए । यो वर्षको ओस्कारमा अराइभल र मुनलाईट समान ८ विधामा मनोनयनमा परेका छन् । यस्तै हाक्सव रिज, लायन र म्यानचेस्टर बाइ द सि समान ६ विधामा मनोनयनमा परेका छन् । अहिलेसम्म सर्वाधिक विधामा ओस्कार अवार्ड जित्ने कीर्तिमान तीन चलचित्रको नाममा छ ।

बेन–हर, टाइटानिक र द थर्ड लर्ड अफ द रिङ चलचित्रले सर्वाधिक ११ विधामा अवार्ड जितेर कीर्तिमान बनाएका छन् । यो वर्षको ओस्कार अवार्ड आउँदो फेब्रुअरी २६ मा प्रदान गरिनेछ । 

 

 


सामाजिक संजाल