पेरिस सेन्ट जर्मेन पिएसजी फ्रेन्च लिग कप फुटबलको फाइनलमा

माघ १२ – पेरिस सेन्ट जर्मेन पिएसजी फ्रेन्च लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबा राति भएको सेमिफाइनलमा बोघ्दुलाई ४–१ ले हराएर फाइनलमा स्थान बनाएको हो । पिएसजीको जितमा एन्जल डि मारियाले दुई तथा एडिसन काभानीले दुई गोल गरे । बोघ्दुका लागि रोलानले एक गोल फर्काए । मारियाले १९ र ८१ तथा काभानीले ६० तथा ७४ औं मिनेटमा गोल गरेका हुन् ।
पिएसजीले लगातार चौथो पटक फ्रेन्च लिग कपको उपाधि जित्ने बाटोलाई सहज बनाएको छ । पिएसजीले फाइनलमा मोनाको वा न्यानसीसँग खेल्नेछ ।
 


सामाजिक संजाल