आर्थिक वृद्धिदर ५।५ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

माघ ११ – चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर साढे ५ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोष९आईएमएफ० ले प्रक्षेपण गरेको छ । यस वर्षका लागि यसअघि आफैले गरेको प्रक्षेपण परिमार्जित गर्दै साढे ५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । 
 
यसअघि चालू आर्थिक वर्षमा साढे ४ प्रतिशतको आर्थिक वृद्धि हुने आइएमएफको प्रक्षेपण थियो । अनुकुल मौसमका कारण यस वर्ष कृषि उपजको उत्पादन बढेको, पूर्वाधार निर्माणको काम शुरु भएको, कर्जा विस्तार बढेकोलगायत कारण आर्थिक वृद्धिदरमा सुधार हुने आइएमएफको अनुमान छ । 
 
मुलुकको आर्थिक गतिविधिमा अपेक्षा भन्दा बढी सुधार भएकाले आर्थिक वृद्धिदर पनि बढ्ने देखिएको ‘आर्टिकल फोर’ का लागि नेपाल आएको आईएमएफका टोली प्रमुख अल्मेकिन्डर्सले बताए । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । 
 
‘विनासकारी भुकम्पबाट ध्वस्त भएका संरचना निर्माणका लागि सरकारले योजना बनाएको छ,’ उनले भने, ‘मुलुकमा दिगो र समावेशी विकासका लागि त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ ।’ यद्यपि बनेका नीति प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्नु नै आर्थिक विकासको प्रमुख चुनौती भएको आइएमएफले औल्याएको छ । 
 
चालू आर्थिक वर्षको ६ महिनासम्म पनि करिब १० प्रतिशत मात्र पुँजीगत खर्च हुनु दुखदायी भएको आइएमएफले जनाएको छ । ‘आउँदा दिनमा सरकारले खर्च बढाउला, वित्तीय प्रणालीमा पर्याप्त तरलता होला र आर्थिक क्रियाकलाप बढ्ला भन्ने मान्यताका आधारमा आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरिएको हो,’ टोली प्रमुख अल्मेकिन्डर्सले भने । 
 
अपेक्षा अनुसार सरकारी खर्च बढेन र पुनर्निर्माणले गति लिन नसकेमा अनुमान गरिए अनुसार आर्थिक वृद्धि नहुने आइएमएफले प्रस्ट्याएको छ । यद्यपि, नेपालमा प्रभावकारी रुपमा पुँजीगत खर्च बढाउनका लागि संरचनात्मक सुधार गर्नुपर्ने आइएमएफको सुझाब छ ।
 
चालू आर्थिक वर्षको सुरुवातसँगै वार्षिक विन्दुगत उपभोक्ता मुल्यवृद्धिदर घटदो दरमा रहनु राम्रो संकेत भएको आइएमएफको ठहर छ । पहिलो ५ महिनासम्मको मुल्यवृद्धिदरका आधारमा चालू आर्थिक वर्षमा मुल्यवृद्धि राष्ट्र बैंकले तय गरेकै  भित्र रहने देखिन्छ । चालू आर्थिक वर्षमा राष्ट्र बैंकले उपभोक्ता मूल्यवृद्धिदर साढे ७ प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको छ । 
 
नेपालको बाह्रय स्थिती बलियो रहेको आइएमएफले बताएको छ । मुलुकमा रहेको विदेशी विनिमय सञ्चितीले १० महिनासम्मका लागि बस्तु तथा सेवाको आयात गर्न पुग्ने राष्ट्र बैंकको तथ्यांकप्रति इन्कित गर्दै आइएमएफले भन्यो, ‘चालू खाता र शोधनान्तर बचतमा छ । आउँदा दिनमा आयात र रेमिट्यान्य आप्रवाहमा सुधार आउने देखिन्छ ।’ 
अहिले बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावलाई आइएमएफले समान्य अवस्थाको रुपमा विश्लेषण गरेको छ । 
 
असहज परिस्थितीका कारण गत वर्ष कर्जा विस्तार हुन नसकेको र अहिले त्यो अवस्थामा सुधार आएकाले ऋण प्रवाह बढेको हो । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले निक्षेप निक्षेप संकलन बढाउनुपर्छ । आगामी दिनमा सरकारी खर्च बढ्ने भएकाले बजारमा मुद्रा प्रवाह बढ्ने जनाइएको छ । 
 
बढै गएको ब्यापार घाटालाई कम गर्नका लागि मुलुकको उत्पादन क्षमता बढाउन आइएमएफले सुझाएको छ । भारत लगायत अन्य छिमेकी राष्ट्रको व्यापारिक वातावरण राम्रो रहेकाले नेपालले पनि उत्पादन क्षेमता अभिवृद्धि गर्नुपर्ने आइएमएफको भनाइ छ । 
 
बढ्दो बृहत वित्तीय जोखिम न्यूनीकरणका लागि राष्ट्र बैंकले नियमन तथा सुरपरिवेक्षण क्षमता बढाउन पनि आग्रह गरेको छ । सन्तुलित कर्जा प्रवाह र ब्याजदरलाई बाञ्छित सिमाभित्र राख्न बैंक तथा वित्तीय संस्थाले निर्देशीत निक्षेप र कर्जाबीचको अनुपात ९सीसीडी रेसियो० सिमा भित्र रहेर काम गर्न पनि आइएमएफले सुझाब दिएको छ । 
 
भारु पाँच सय र हजार दरको नोट चलनचल्तिबाट हटेकै कारणले नेपाली अर्थतन्त्रमा त्यसको प्रभाव न्यून पाइएको आएएमएफले बताएको छ । बैंकिङ प्रणालीमा निकै कम मात्र पाँच सय र हजार दरका भारतिय मुद्रा देखिएकाले खासै समस्या देखिदैन । तर, प्रणाली बाहिर उद्योगी व्यापारीहरुसँग ठूलो मात्रामा भारु पाँच सय र हजार दरका नोट रहेकाले उनीहरुको व्यवसायीक क्षेमतामा असर परेको आइएमएफको ठहर छ । 


सामाजिक संजाल