आफ्नो गाउँ आफै बनाउँ

ताप्लेजुङ, माघ ६ । ताप्लेजुङ सदरमुकामको जिमी पोखरी क्षेत्रका स्थानीयल राजनीतिक आस्था त्यागेर समाज उत्थानमा क्रियाशिल रहने निधो गरेका छन् । जिमी पोखरी टोल सुधार समिति नाम दिएर शुरु भएको यो अभियानमा सामेल भएकाले समाज उत्थानका क्रममा राजनीति र पुर्वाग्रहलाई छोड्ने सपथ स्वरुप जिमी पोखरी क्षेत्रको पोखरी अगाडि भेला भएर बचनको पक्का भएको देखाउने प्रण पनि गरेका छन् ।
 
‘आस्था जे भएपनि सामाजिक, आर्थिक र सास्कृति उत्थानका लागि सकृया भएर लाग्ने निधो भएको छ’टोल सुधार समितिका अध्यक्ष नेत्र खतिवडाले भने । यो समितिलाई चाडैं बैधता दिने काम सकिएपछि कम्तिमा मासिक रुपमा टोल क्षेत्र भित्र रचानात्मक क्रियाकलाप सञ्चालन गर्ने योजना बुनिएको समेत खतिवडाले जानकारी दिए  । उनका अनुसार बढीमा महिना दिन भित्र टोल सुधार समितिको बिधान तयारीका लागि खगेन्द्र अधिकारीको संयोजकत्वमा शंकर श्रेष्ठ र बुद्धिसागर भट्टराई सदस्य रहेको समिति बनाईएको छ । समितिले तयार गर्ने बिधानमा टोल सुधार समितिका सदस्यहरुका घरधुरीमा मर्दापर्दा समितिका सदस्यले कामकाज लगायतका यथासक्य सहयोग गर्ने,महिला, आदिवासी जनजाति, पिछडिएको वर्ग र वालबालिकाहरुको दक्षता विकाशमा सघाउने क्रियाकलाप सञ्चालन गर्ने र टोल क्षेत्र भित्रका सानातिना कामकाजमा समितिको निर्णय अनुसार कार्य सम्पादन गर्ने सहमति भएको छ । समितिमा बिरबहादुर मोक्तान उपाध्यक्ष, खगेन्द्र अधिकारी सचिव,सागर मादेन सह सचिव र नीता श्रेष्ठ कोषाध्यक्ष रहेका छन् । १७ सदस्यीय समितिमा युवराज गिरी,दावा शेर्पा,बुद्धिसागर भट्टराई,रीता दर्नाल, शान्ति मादेन,रेशकुमार महत, भुवन श्रेष्ठ र जीतेन चेम्जोङ सदस्य रहेका छन् । समितिमा वाबुकाजी नयोङहाङ,दुर्गा पालुंवा,दिनेश खवास र राजा मादेन पनि सदस्य रहेका छन् । केहि सदस्य थप थप गरिने समितिका लागि आवश्यक पर्ने राय सल्लाह लिन डिल्लीजंग मादेन सहित ७ सदस्यीय सल्लाहकार समिति बनाईएको छ । सल्लाहकार समितिमा ताराबीर थापा, खड्गबहादुर मोक्तान,किर्तिमान मादेन, अमिर मादेन,बिष्णुकुमार श्रेष्ठ र कृष्णकुमार शाक्य रहेका छन् ।
 
मंगलवारकै भेलाले टोल सुधार समितिको क्षेत्र समेत निर्धारण गर्दै टोलभरीका सबै सदस्यका लागि मासिक न्युनतम् शुल्क निर्धारण समेत गर्ने भएको छ । जिमी पोखरी टोल सुधार समिति ताप्लेजुङ नगरपालिकाको हुलाक झर्ने बाटो छेउबाट शुरु भई तोक्मेडांडा प्रबेश गर्ने बाटो तिर तन्किदै गएर दोबाटो छुट्ने ठांउ तथा पुरानो गोसलाईन क्षेत्र भनेर चिनिने गैरी गाउ ईलाका समेतलाई निर्धारण गरिएको समितिका सह–सचिव सागरले जानकारी दिए । उनका अनुसार समितिले बैधता पाएपछि टोल सुधार समितिले कम्तिमा हरेक महिना टोल सुधार समितिका सदस्यका बीचमा हाजिरी जवाफ, निवन्ध लेखन, वक्तृत्वकला,अन्तर समुह भजन किर्तन,सामुहिक सरसफाईको कार्यक्रम,सहभोजनको कार्यक्रम समेत तय गर्ने योजना बनाईएको छ । फुङलिङ बजारको करिव आधा क्षेत्रमा पानी प्रवाह गर्ने जिमी पोखरी पानी मुहानको संरक्षणमा समेत यसले कार्य गर्ने उनले बताए ।‘खेलकुद,संस्कृति र सम्पदा संरक्षणमा समेत यो समितिले कार्य अघि बढाउने छ’सागरले थपे ।
 


सामाजिक संजाल