डाक बोक्ने मृत भेटिए

ताप्लेजुङ माघ ५ । डाक बोक्न गएका ताप्लेजुङ नगरपालिका १ का सन्त सुब्बँ हिजो नाङखोल्याङ गाउ विकास समितिमा मृत अवस्थामा भेटिएका छन् । डाक लिएर फर्कने क्रममा नाङखोल्याङको केदारनाथ गौतमको शौचालयमा पसेका उनलाई बेलुका मृत अवस्थामा भेटिएको स्थानिय योगेन खिम्दिङले वताए । घरका मान्छेले थाहै नपाई शौचालय पसेका उनलाई बेलुका शौचालय जा“दा लडिरहेको देदेपछि गाउघर र प्रहरीमा खवर गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी टोलि घटनास्थल गएर अहिले विहान अनुसन्धान गरिरहेको छ ।


सामाजिक संजाल