सहकारीहरुको गोष्ठि सुरु

माघ ५ गते । जिल्लामा रहेका सहकारीहरुको व्यवसायिक योजना बनाउने उद्येश्यले सहकारी व्यवसायिक योजना गोष्ठी सुरु भएको छ । गोष्ठीमा नगरपालिका सहित ३ वटा गाविसका ५ सहकारीका २० जना पदाधिकारीहरुको सहभागिता रहेको छ । वातावरण संरक्षण तथा विकाश मञ्च अन्तर्गत सफल परियोजनाको आयोजनामा सञ्चालित गोष्ठी ८ गतेसम्म सञ्चालन हुने छ । गोष्ठीमा सहभागिहरुले छलफलबाट आ—आफ्नो सहकारीको ४ वर्षे व्यावसायिक योजना तयार गर्नेछन् । जसको सहजिकरण इन्द्र बहादुर कार्की र गोविन्द रिमालले गरिरहनुभएको छ ।
 


सामाजिक संजाल