राष्ट्रिय भुकम्प सुरक्षा दिवस, ताप्लेजुङमा जनचेतनामुलक र्याली

ताप्लेजुङ, माघ २ गते । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस जनचेतनामुलक कार्यक्रम गरि देशभर मनाइदैछ । ‘नसोचेकै बेलामा आउँछ है भुईचालो, पुर्वतयारीमा जुट्ने हामी सबैको पालो’ भन्ने नारा सहित दिवस मनाउन लागिएको हो । विक्रम सम्बत् १९९० सालको महाभूकम्पको सम्झना गर्दै हरेक वर्ष माघ २ गते यो दिवस मनाउने गरिएको छ । आज देशैभरी जनचेतना मुलक कार्यक्रम भइरहेकाछन् । भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वमै ११ औ स्थानमा पर्दछ । राजधानी काठमाडौ भूकम्पपछिको क्षतिका हिसाबले पहिलो स्थानमा रहेको भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक आमोदमणि दीक्षितले जानकारी दिनुभयो । ९० सालको जत्रो भूकम्प गएमा काठमाण्डुमा एक लाख व्यक्तिको मृत्यु, झण्डै तीन लाख घाइते हुने र ६० प्रतिशतभन्दा बढि घर कामै नलाग्ने गरी भत्कने विज्ञहरुले बताएका छन् । यता ताप्लेजुङमा जनचेतनामुलक पोष्टर, पम्पलेट र प्लेकार्डका साथ दिवस मनाईएको छ । जिल्ला विपद व्यवस्थापन समिति ताप्लेजुङले आयोजना गरेको र्याली तोक्मेडाँडाबाट सुरु भइ नगरपरिक्रमा गरि विरेन्द्रचौकमा गएर चेतनामुलक सन्देश प्रवाह गरि समाप्त भएको थियो । र्यालीमा जिल्लाका राजनितिक दलका प्रमुख, सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी, सर्वसाधारणको उपस्थिति रहेको थियो ।
 


सामाजिक संजाल